चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पोखरेल

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १० : ३५
चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पोखरेल

बुटवल। नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको शनिवार सम्पन्न दोस्रो अधिवेशनबाट टंकप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा चयन भएका छन् ।

यस्तै उपाध्यक्ष (जिल्ला नगर)मा जेपी कँडेल, उपाध्यक्ष (बस्तुगत)मा चन्द्रप्रकाश श्रेष्ठ र उपाध्यक्ष (एशोसिएट)मा लोकहरि श्रेष्ठ चयन भएका छन् । महासचिवमा शिव ज्ञवाली, कोषाध्यक्षमा खिमबहादुर खत्री, सचिवमा अजय न्यौपाने निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मञ्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम निर्वाचित भएका छन् ।

आगामी तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख निर्वाचन अधिकृत विनोद गौतमले प्रमाणपत्र वितरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस