काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीको ध्यान अब २०८४ को निर्वाचनका लागि हुनुपर्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा शुक्रवार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले सरकारबारे चिन्ता लिन नपर्ने भन्दै ८४ को निर्वाचनमा पार्टीको प्रतिद्वन्द्वी एमाले भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका हुन्।
‘यो सरकार चल्छ । अब हाम्रो उद्देश्य के अब हुनुपर्छ भने ८४ को चुनाव हुनुपर्छ’, कोइरालाले भने, ‘जहाँ हाम्रो मुख्य प्रतिद्वन्द्वी हुन्छ एमाले । त्यसका लागि हामी कडाइका साथ उभिएर सङ्गठनतर्फ उभिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १४ : २६
लेखकबाट थप