नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको एउटा औषधि बनाउने कारखानामा बिहीबार पनि उद्धार कार्य जारी थियो । अघिल्लो दिन अनाकापाल्ली जिल्लामा रहेको इसाइन्शिया एड्भान्स्ड साइन्सेजको कारखानामा विस्फोट भएको थियो ।
सो विस्फोटमा परेर अहिलेसम्म १७ जनाको मृत्यु भएको राज्यका एक वरिष्ठ अधिकारीले बताएका छन् । यस घटनामा करिब ४० जना घाइते भएका थिए । यो हालैका वर्षमा आन्ध्र प्रदेशमा विस्फोटको सबैभन्दा खराब घटना थियो ।
यस मामिलामा इसाइन्सियाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो समाचारमा भनेको छ ।
सरकारी अधिकारीहरूले भने कारखानाभित्र रहेको केमिकल रियाक्टरमा विस्फोट भएको आशंका गरेका छन् । विस्फोट मानवीय त्रुटिका कारण भएको हो कि भन्ने निक्र्यौल गर्न आफूहरूले सीसीटिभीको फुटेज स्क्यान गरिरहेको अधिकारीहरूले बताएका छन् । यस घटनामा घाइते भएकाहरूसँग पनि सोधपुछ भइरहेको छ ।
वाफजस्तो चिज उडेपछि विस्फोट भएको सुरुआती छानबिनले देखाएको उद्योग सचिव एन युवराजले भनेका छन् । गएको वर्ष पनि राज्यको सोही जिल्लामा एक औषधि कारखानामा विस्फोट हुँदा २ जनाको मृत्यु भएको थियो भने अरू पाँच जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु