इरानमा पाकिस्तानी तीर्थयात्रीले भरिएको बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०५ भदौ २०८१, १३ : ०४
इरानमा पाकिस्तानी तीर्थयात्रीले भरिएको बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु

काठमाडौं। इरानमा पाकिस्तानी तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार इरानको याजद शहरमा मंगलबार राति ब्रेक फेल भएर बस दुर्घटना भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ । पाकिस्तानको डन अखबारका अनुसार दुर्घटना हुँदा बसमा ५३ जना यात्रु थिए ।

 

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले दुर्घटनापछि परराष्ट्र मन्त्रालयलाई शव फिर्ता ल्याउन र घाइतेहरूलाई समयमै सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।

 

इरानमा हरेक वर्ष २० हजार मानिस दुर्घटनामा मर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस