टोकियो । सप्ताहान्तमा जापानको एउटा विमानस्थलमा ३६ वटा उडान रद्द गरियो । अरू २०१ वटा उडानमा ढिलाइ भयो । विमानस्थलको बोर्डिङ गेट नजिकै रहेको एउटा पसलबाट एक थान कैँची हराएपछि शनिबार होक्काइदोको न्यू चितोस विमानस्थलको घरेलु टर्मिनलमा करिब २ घन्टा सुरक्षा जाँच बन्द गरियो ।
यसो गर्दा सयौँ यात्रीहरू अलपत्र परे । दोहोर्याएर सुरक्षा जाँच गर्नु परेपछि प्रस्थान कक्षमा यात्रीको ताँती लागेको थियो । अधिकारीहरू पसलबाट हराएको कैँची खोज्ने प्रयासमा व्यस्त थिए । तर कतै पनि कैँची भेटिएन । केही घण्टापछि सेवा सुचारु गरियो ।
भोलिपल्ट सोही पसलमा उक्त कैँची भेटिएको उक्त विमानस्थल सञ्चालक कम्पनी होक्काइलो एयरपोर्टले सोमबार बताएको थियो । पसलमा काम गर्ने एक कामदारले सो कैँची फेला पारेको बताइएको छ ।
भेटिएको कैँची हराएको भनेर खोजिएकै हो भन्ने पुष्टि नहुँदासम्म यसको सूचना जारी नगरिएको अधिकारीहरूले बताएका थिए । यातायात मन्त्रालयले यो घटनाको कारणबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन होक्काइदो एयरपोर्टलाई निर्देशन दिएको छ ।
न्यू चितोस जापानको सबैभन्दा व्यस्त विमानस्थल हो । सन् २०२२ मा यहाँबाट डेढ करोडभन्दा धेरैले हवाई यात्रा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुँदै, ४३ वर्षीय शिन्जिरो पनि प्रतिस्पर्धामा
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
जापानको धार्मिकस्थलमा यौन क्रियाकलाप गर्ने अस्ट्रियाका वृद्ध पक्राउ
जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो
जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि
ताइफुका कारण जापानमा एकै परिवारको तीन जनाको मृत्यु