एजेन्सी । रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयानुसार आइतबार बिहान रुसमा ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
भूकम्पपछि धेरै जना बाहिर निस्किएका थिए । समाचारमा जनाइएअनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ ।
सीएनएनले भूकम्पपछि ज्वालामुखी विस्फोट भएको उल्लेख गरेको छ । भूकम्पका कारण कुनै 'ठूलो क्षति' भएको विवरण प्राप्त भइनसकेको समाचारमा उल्लेख छ ।
भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरेको छ । रुसी आपतकालीन मन्त्रालयले भने भूकम्पको कारण सुनामीको चेतावनी जारी गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ भदौ २०८१, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विनाशकारी भूकम्पको संघारमा भारत
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो
जापानमा शक्तिशाली भूकम्प