काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले षड्यन्त्रपुर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् ।
शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमुलक तरिकाले मध्यरातमा हटाइएको बताएका हुन् ।
उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमुलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिइ गर्ने जमर्को गरियो ।’
अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिदा विजेताका रुपमा बाहिरिएको बताउदै अब आफुहरु जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरेपनि जनताले बुझिरहे पनि आफ्नै संगठन भित्रका नेताले नबुझेको गुनासो गरे ।
प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुननिर्माणको गति अगाडि बढाउन खोजिएको बताए।अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले जनार्दन शर्माले पार्टी फुटाउने आशंका निराधार भएको बताउदै स्थायी कमिटी बैठकबाट पार्टी फुटाउन खोजेको आशंका मेटिएको बताए ।
उनले शर्माले बैठकमा उठाएका केही गम्भीर, व्यवहारिक र आशंका रहेको बताउदै व्यवहारिक आशंकाका विषयमा अनुसन्धान हुने स्पष्ट गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड
तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग
शान्ति प्रक्रियाबारे राजनीतिक तहमा तिक्तता बढोस् भन्ने चाहन्नँ : प्रचण्ड
संविधानको समीक्षा गरौं, त्यसपछि मात्र संशोधनको बहस गरौंला: प्रचण्ड