घुस लिने कर्मचारीलाई पक्रिँदै हिँड्ने डीएसपी नै अख्तियारको फन्दामा

पत्रपत्रिकाबाट

आइतबार, २१ असोज २०७५, ०७ : ३९
घुस लिने कर्मचारीलाई पक्रिँदै हिँड्ने डीएसपी नै अख्तियारको फन्दामा

काठमाडौं  । डीएसपी श्यामकुमार राई केही महिनाअघिसम्म घुस लिने कर्मचारीलाई पक्रिँदै हिँड्थे । 
उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन टीम’ मा थिए । तर, शनिबार आफैं अख्तियारको ‘स्टिङ अपरेशन’ को फन्दामा परेका छन् । 
महानगरीय प्रहरी बृत्त बौद्धको कार्यालयबाटै उनी एक लाख ४० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियारका एसपी प्रवीण पोखरेल नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस