काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा आज आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृत स्तरीय सेवा प्रवेश तालिम-२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे ।
उनले पोसाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढङ्गले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए ।
उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढङ्गबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेश भन्दा पनि कानुनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले सरुवा–बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । उनले सरुवा–बढुवामा अन्यथा भए मर्यादित ढङ्गले आफ्ना तर्कहरू राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए ।
पौडेलले पछिल्ला दिनहरूमा केही गम्भीर चुनौतीको सामना गरिरहेको बताए । राजश्व परिचालनका दृष्टिकोणले लक्ष्य भेदन गर्न अप्ठ्यारो परिरहेको र बेरुजु बढिरहेकाले लेखा प्रणालीमा दुरुस्त हुन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक: अर्थमन्त्री पौडेल
दिगो विकासका लक्ष्य प्राप्तिमा महत्वपूर्ण प्रगति : अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : मन्त्री पौडेल
कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री पौडेल
राजश्व परिचालनमा कुनैपनि सम्झौता हुदैन : अर्थमन्त्री पौडेल