काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज्(नास आईटी) र प्रविधि पत्रकार मञ्च (टीजेएफ)बीच सहकार्य भएको छ ।नास आईटी र सूचना प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच रणनीतिक सहकार्य गर्ने सम्झौता भएको हो ।
मंगलबार नास आईटीका अध्यक्ष रिचन श्रेष्ठ र प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।नेपालको आईटी इकोसिस्टमको विकास र प्रवर्द्धन गर्नका लागि ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी दुई संस्थाबीच सहकार्य गरिएको छ ।
नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नेपालको आईटी उद्योगलाई बलियो बनाउन र सशक्तीकरण गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए ।प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले आईटी क्षेत्र र नागरिकबीचको खाडललाई कम गर्न नास आईटीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको जानकारी दिँदा डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन यसले ठूलो भूमिका खेल्ने बताए ।
नास आईटी नेपाली सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको संस्था हो ।नवप्रवर्तन, सशक्तीकरण, सहकार्य, क्षमता अभिवृद्धिलगायतमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १२ : १३
लेखकबाट थप