काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका बेचन झा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनी असार १४ गते पक्राउ परेका थिए ।
झा अहिले हिरासतमा धार्मिक ग्रन्थ श्रीमद भगवत् गीता पाठ गरेर बस्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । धार्मिक स्वभावका उनलाई अरू थुनुवासँगै राखिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘उहाँ गीता पढेर बस्नुहुन्छ ।
‘मन्त्रिपरिषद्बाट निर्णय गराउँछु’ भनेर उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, बेचनले सो आरोप अस्वीकार गरेका छन् । चेकबारे बयानमा बेचनले भनेका छन्, ‘चेकमा कसैले मेरो नाम भरिदियो होला ।
बेचनको बयानबाट शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहको ‘कनेक्सन’ खुल्छ भन्ने आकलन थियो । तर, उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेसँगै राजनीतिक कनेक्सन खुलेन । बयान लिएर प्रहरीले उनलाई थुनामा राखिरहेको छ ।
सङ्गठित अपराध मुद्दामा उनलाई ६० दिनसम्म हिरासतमा राख्न पाउने अधिकार प्रहरीसँग छ ।शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेर धरौटीमा छुटेका रामशरणले केसीले उनलाई चेक दिएको बयानमा खुलाएका छन् । चेक दिनेबलामा भेट्दा रामशरण र झाको बिचमा भएको कुराकानीको अडियो प्रहरीले बरामद गरेको छ । तर, बेचनले रामशरणसँग भेटेको कुरा पनि अस्वीकार गरेका छन् ।
अनुसन्धानमा संलग्न ती अधिकृतका अनुसार बेचनले बयानमा भनेका छन्, ‘मैले रामशरणलाई भेटेको छैन, अडियोमा बोल्ने मानिस म होइन, मेरो आवाज नै होइन ।’ केसीका अनुसार २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् । तर, प्रहरीले चेक बरामद गर्न सकेको छैन ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले पर्साबाट नागरिकता लिएका छन् । तर, झाको साथमा भारतीय आधार कार्ड समेत भेटिएको छ । यसबारे सत्यतथ्य बुझ्न प्रहरीले भारतमा पत्राचार समेत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाको मुद्दा सुवेदी र निरौलाको इजलासमा
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस
बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
बेचन झाको रिट न्यायाधीश ढुङ्गानाको इजलासमा
बेचन झालाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति