काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशले थुनामा रहेका वेचन झाले दायर गरेको मुद्दाको पेसी तोकिएको छ।
उक्त मुद्दा न्यायाधीशद्धय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको हो ।झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए। पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा उनी फरार रहेका थिए ।
पछि भारतबाट पक्राउ गरी ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोग पत्र दर्ता गराएको थियो । उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए ।
झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । झाको हकमा माघ ३ गते पहिलो सुनुवाइ हुँदै सर्वोच्चबाट कारण देखाऊ आदेश जारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस
टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा राख्ने उच्चको आदेशविरुद्ध पुनरावेदनमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित १० जनाको मुद्दा स्थगितको सूचीमा