काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने बताएका छन् ।आइतबार केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले तोकिएको समयमै महाधिवेशन गर्न माग गरेपछि देउवाले शंका नगर्न आग्रह गरेका हुन् ।
बैठकमा कोइरालाले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्ने सुनिश्चितता केन्द्रीय समितिको चालू बैठकबाट हुनुपर्ने बताएका थिए ।कोइराला बोल्दाबोल्दै देउवाले निर्धारित मितिमै महाधिवेशन हुने बताएका हुन् ।
‘निर्धारित मितिमै महाधिवेशन गर्ने कुरा विधानमै उल्लेख छ, शंका गर्नु पर्दै,’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको थियो । चार वर्षमा महाधिवेशन गर्ने व्यवस्था रहेपछि सभापतिले ६ महिना कार्यकाल थप्न सक्ने व्यवस्था छ ।
२०८३ असारमा सरकारको नेतृत्व गर्ने गरी नेकपा एमालेसँग सहमति गरिएका कारण देउवाले महाधिवेशन पछि धकेल्ने संस्थापन इतर समूहको आशंका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः सभापति देउवा
बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा