पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध​

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १५ : ३५
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध​

बैतडी। लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सिगास गाउँपालिका– ९ ढोल्यामोडमा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन् । सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 'वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ,' उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस