काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण यहाँ आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भारतका विदेश सचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेश सचिवमा नियुक्त भएका हुन् । उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।
विदेश सचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु