टर्किस एयरलाइन्सको विमान काठमाडौँमा ‘ओभरसुट’

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, ०७ : १५
टर्किस एयरलाइन्सको विमान काठमाडौँमा ‘ओभरसुट’

काठमाडौ । स्तनबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।

फ्लाइट राडरका अनुसार बिहीबार बिहान ६ः १० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो। 

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ। 

एक एयर ट्राफिक कन्ट्रोलर (एटीसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो।