काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा एउटा सानो विमान एक भवनको छानामा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा २ जनाको मृत्यु र १८ जना घाइते भएको बीबीसीले जनाएको छ।
मृतक विमानमा थिए वा जमिनमा भन्ने अझै खुल्न सकेको छैन । विमान ओरेन्ज काउन्टीको फुलर्टन म्युनिसिपल एयरपोर्टबाट उडेको थियो । उडेको २ मिनेटमै विमान दुर्घटना भएको समाचारमा उल्लेख छ ।
विमान दुर्घटना भएको भवनमा फर्निचर निर्माणको काम भइरहेको थियो । दुर्घटनाको समयमा भवनमा करिब २ सय जना कामदारहरूले काम गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु
क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण
एयर क्यानडाको विमानमा आगलागी