काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्माले कीर्तिपुरको चोभारमा निर्मित पञ्चु तथा पाल-सायर प्लान्टको शुभारम्भ गरेका छन् । सैनिक कल्याणकारी कोषको लगानीमा नेपाली सेना बहु व्यवसाय उद्योगअन्तर्गत बनेको प्लान्टको मंगलबार प्रधानसेनापति शर्माले भर्चुअल माध्यमबाट समुद्घाटन गरेका हुन्।
सैनिक सामग्रीहरू उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले प्लान्टको स्थापना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसले सेनाको बन्दोबस्ती प्रणालीलाई थप प्रभावकारी बनाउने सेनाको विश्वास छ ।
उद्घाटनसँगै अब प्लान्टबाट सेनालाई आवश्यक पर्ने गुणस्तरीय पञ्चु तथा विभिन्न प्रकारका पाल-सायरहरूको उत्पादन हुनेछ ।उद्घाटन कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देलले उक्त प्लान्टको अवलोकन तथा निरीक्षण गरेका थिए ।
साथै उनले नवनिर्मित प्लान्टका विविध पक्षहरूबारे जानकारी लिएका थिए ।सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन समितिमा प्रधानसेनापतिको जवाफ– द्रुत मार्गको काम तीव्र गतिमा, भौतिक प्रगति ३३.२० प्रतिशत