वासिङ्टन डिसी । बङ्गलादेशमा अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुनको शासन र बङ्गलादेशी जनताको चाहना अनुसार बन्नु पर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले बताएको छ ।
शेख हसिना बंगलादेश छाडेर भाग्नुअघि उनले अमेरिकासँग शरण मागेकी थिइन् कि भन्ने प्रश्न यतिबेला उठिरहेको छ । यस्तोमा अमेरिकी विदेश मन्त्रालयले भने यसबारे आफ्नो देशमा शरण मागेको हो वा होइन भन्ने थाहा नभएको बताएको छ ।
बङ्गलादेशमा विगत केही सातादेखि भइरहेका हिंसात्मक गतिविधिको पूर्ण र पारदर्शी छानबिन होस् भन्ने अमेरिकी चाहना छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यस्तो बताएका हुन् ।
त्यहाँको सरकारको भविष्यको निर्णय बङ्गलादेशी जनताले गरुन् भन्ने आफ्नो चाहना भएको उनले बताएका छन् । हिंसा गर्ने र कानून तोड्नेलाई जिम्मेवार बनाउनुपर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेख हसिनालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिन भारतसँग बंगलादेशको अनुरोध
शेख हसिनालाई सुपुर्दगी गर्ने बारे भारतले के भन्यो ?
'भारतबाट शेख हसिनालाई फर्काउनु सरकारको प्राथमिकता'
बंगलादेशमा हसिनाको भडकाऊ भाषणको प्रसारणमा प्रतिबन्ध
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता