एजेन्सी । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।
बिबिसीसँग कुरा गर्दै साजिबले केहि मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् ।
उनले भनेका छन्- 'उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एशियाको उदीयमान बाघ मानिन्छ को रूपमा हेरिएको छ ।'
उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?' साजिबले भने- 'अब उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन।'
उनले बीबीसीलाई भने, 'उनी अहिले ७० वर्षको उमेरमा छिन् । उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्नेछैनन् ।'
आरक्षण विरोधी आन्दोलन चर्किदै गएपछि प्रदर्शन उग्र हुदा हसिनाले सोमबार पदबाट राजीनामा दिदै देश छोडेर भारत पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ साउन २०८१, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेख हसिनालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिन भारतसँग बंगलादेशको अनुरोध
शेख हसिनालाई सुपुर्दगी गर्ने बारे भारतले के भन्यो ?
'भारतबाट शेख हसिनालाई फर्काउनु सरकारको प्राथमिकता'
बंगलादेशमा हसिनाको भडकाऊ भाषणको प्रसारणमा प्रतिबन्ध
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता