वाणिज्य बैंकहरुको नाफा ६४ अर्बमाथि, कुनले कति कमाए ? (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, १३ : ३१
वाणिज्य बैंकहरुको नाफा ६४ अर्बमाथि, कुनले कति कमाए ? (सूचीसहित)

काठमाडौँ । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

यसअवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक अग्र स्थानमा रहेको छ । गत आर्थिक वर्षमा बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त नाफा १०.२३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ६ अर्ब ६९ करोड ४३ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको १२ महिनामा नाफा सर्वोधिक नाफा बढाउने कम्पनीमा प्रभु बैक एक नम्बरमा रहेको छ । बैंकको नाफा १४९९.०४ प्रतिशतले बढेर ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा बैंकको नाफा २८ करोड २ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा ग्लोबल आइएमई बैंक सर्वाधिक नाफा हुने बैंकको सूचीमा दोस्रो नम्बरमा रहेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ६ अर्ब ६९ करोड रहेको थियो ।

त्यस्तै, सबैभन्दा नाफा धेरै हुने बैंकको सूचीमा तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३९.७१ प्रतिशतले बढेर ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ, चौथो नम्बरमा रहेको प्राइम कर्मसियल बैकको २६७.१९ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ, पाँचौ नम्बरमा रहेको एभरेष्ट बैंकको १०.०७ प्रतिशतले बढेर ३ अर्ब ७० करोड रुपैयाँ र छैटो नम्बरमा रहेको कृषि विकास बैंकको १७६.२३ प्रतिशतले बढेर ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

साथै, राष्ट्रिय वाणिज्य बैकको ३ अर्ब ३९ करोड, स्टान्र्डड चाटर्ड बैंकको ३ अर्ब ३० करोड, लक्ष्मी सनराइज बैंकको ३ अर्ब ३ करोड, सिद्धार्थ बैंकको ३ अर्ब १ करोड, हिमालयन बैंकको २ अर्ब ८३ करोड, सानिमा बैंकको २ अर्ब ३८ करोड, एनएमबि बैंकको २ अर्ब ३३ करोड, कुमारी बैंकको २ अर्ब ३० करोड, नेपाल एसबिआई बैंकको २ अर्ब १ करोड, नेपाल बैंकको १ अर्ब ६५ करोड, एनआइसी एशिया बैंकको १ अर्ब ३८ करोड, सिटिजन बैंकको १ अर्ब ३४ करोड र माछापुच्छे« बैंकको १ अर्ब २५ करोड रुपैयाँ नाफा रहेको छ ।

कुन बैंकको नाफा कति ?

बैंक नाफा २०८०, असार नाफा २०८१, असार वृद्धि/गिरावट दर
एभरेस्ट ३ अर्ब ३६ करोड ३ अर्ब ७० करोड १०.१२
एनएमबी ३ अर्ब २२ करोड २ अर्ब ३४ करोड –२७.३३
नबिल ६ अर्ब ४० करोड ७ अर्ब ६ करोड १०.३१
ग्लोबल आईएमई ६ अर्ब ६९ करोड ६ अर्ब २ करोड –१०.०१
नेपाल इन्भेस्टमेन्ट मेगा ३ अर्ब ७२ करोड ५ अर्ब २० करोड ३९.७८
राष्ट्रिय वाणिज्य ३ अर्ब ६० करोड ३ अर्ब ४० करोड –५.५६
कृषि विकास १ अर्ब ३२ करोड ३ अर्ब ६६ करोड १७७.२७
प्राइम कमर्सिलय १ अर्ब ३ करोड ३ अर्ब ७७ करोड २६६.०२
प्रभु २८ करोड ४ अर्ब ४८ करोड १५००
स्ट्यान्डर्ड चार्टर्ड ३ अर्ब ४७ करोड ३ अर्ब ३१ करोड –४.६१
लक्ष्मी सनराइज २ अर्ब २९ करोड ३ अर्ब ३ करोड ३२.३१
हिमालयन १ अर्ब ५६ करोड २ अर्ब ८४ करोड ८२.०५
कुमारी ५२ करोड २ अर्ब ३१ करोड ३४४.२३
सानिमा २ अर्ब ६१ करोड २ अर्ब ३८ करोड –८.८१
नेपाल ३ अर्ब ४४ करोड १ अर्ब ६६ करोड –५१.७४
नेपाल एसबीआई १ अर्ब ९७ करोड २ अर्ब १ करोड २.०३
सिद्धार्थ ३ अर्ब १७ करोड ३ अर्ब २ करोड –४.७३
सिटिजन्स १ अर्ब ८६ करोड १ अर्ब ३४ करोड –२७.९६
माछापुच्छ्रे १ अर्ब ६३ करोड १ अर्ब २५ करोड –२३.३१
एनआईसी एसिया ४ अर्ब ४४ करोड १ अर्ब ३८ करोड –६८.९२
कुल ५६ अर्ब ५८ करोड ६४ अर्ब १६ करोड १३.४०

प्रतिक्रिया दिनुहोस