चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षा : उपाध्यक्ष घिमिरे

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०८१, १५ : २१
चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षा : उपाध्यक्ष घिमिरे

काठमाडौँ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षा हुन सक्ने विचार व्यक्त गरेकी छन्  । फ्रेण्डस् अफ सिल्क रोड क्लबले शुक्रबार काठमाण्डौमा आयोजना गरेको नेपालको विकासका लागि चीनको अनुभव सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले चीनले छोटो समयमा हासिल गरेको विकास अनुभवबाट नेपालले धेरै शिक्षा लिएर अघि बढ्नुपर्ने विचार व्यक्त गरेकी हुन् । 

‘चीनले आफ्नो अर्थतन्त्रमा उल्लेखनीय रुपान्तरण गर्दै करोडौं मानिसहरूलाई गरिबीबाट मुक्त गराउन सफल भएको अनुभव विकासशील राष्ट्रहरूको लागि  महत्वपूर्ण प्रेरणाको स्रोत  हो ।’, उनले भनिन् ‘नेपालले आफ्नो विकासका लक्ष्यहरू हासिल गर्ने  यात्रा सुरु गर्दा यो चीनको अनुभवबाट शिक्षा लिनुपर्छ ।’

उपाध्यक्ष घिमिरेले नेपाल र चीनका बिचमा  जनस्तरमा राजनीतिक, आर्थिक, सांस्कृतिक लाभहरुको आदान–प्रदान हुँदै आएको चर्चा गर्दै त्यसको माध्यमबाट सम्पर्कका सञ्जालहरुलाई बढाउँदै  आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न र आम नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरिन्  । 

प्रतिक्रिया दिनुहोस