काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुने गरी ठुलो आकारको केन्द्रीय कमिटी बनाएको हो ।
पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो ।
शुक्रवारको बैठकले केन्द्रीय सदस्यहरूको संख्या बढाएर ३४४ जना पुर्याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने,‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाई सकेका छौँ । अहिले ३४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ । अब केही दिनभित्र यी सबै केन्द्रीय कमिटीका सदस्यहरूको शपथग्रहण समारोह राखिनेछ । त्यसपछाडि हामी पदाधिकारीहरू छनौट गर्नेछौं । धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ । ’
केन्द्रीय सदस्यको शपथपछि पार्टीको पदाधिकारी चयन हुने प्रवक्ता खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
नेकपा एसमा १३ बुँदे आचारसंहिता- महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, ९ एजेण्डा तय
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान