तुलसीपुर । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गए राति अटोरिक्सा बगाएको छ ।
बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाउँदा तुलसीपुर–७ प्रसेनीका घर भएका चालक २२ वर्षीय दुर्गा पुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
बेपत्ता चालक पुनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीमा बेपत्ता २ जना अझै भेटिएनन्, खोजी जारी
पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता
३ महिने शिशु बेपत्ता, अपहरणको आशंका
माछा मार्न गएका युवक नदीमा बेपत्ता
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन