काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुङ्ग्याएको छ ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले केन्द्रीय सदस्यहरूको नामावली टुङ्ग्याएका हुन् । १६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरू टुङ्ग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।
अध्यक्ष नेपाल सहित तीन नेताले ३४४ जना केन्द्रीय सदस्यहरूको नाम टुङ्ग्याएका हुन् ।
एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । तर झण्डै डेढ सय बढाएर केन्द्रीय कमिटी बनाइएको छ ।
प्रवक्ता खतिवडाका अनुसार पछि मनोनीत गरिने सङ्ख्यालाई समेत एकै पटक टुङ्ग्याइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन
नेकपा एकीकृत समाजवादीको बैठक आज सकिँदै
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै