महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, ११ : २९
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध

काठमाडौं। बाढीले पुलमा क्षति गरेपछि महेन्द्र राजमार्गको बाँके जंगल खण्डमा यातायात सेवा अवरुद्ध भएको छ । महोत्तरीको बाँके जंगल खण्डमा महेन्द्र राजमार्गको पुलमा बाढीले क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यातायात अवरुद्ध भएपछि सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।गएराति आएको बाढीले पुलमा क्षति गरेको छ । पुल बिच भागमै भाँचिएको छ । 

प्रतिक्रिया दिनुहोस