माओवादीले मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १६ : १७
माओवादीले मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने

हेटौँडा । माओवादी केन्द्रले मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । माओवादी प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने र रचनात्मक रूपमा सरकारलाई खबरदारी गर्ने माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘शरद’ले बताए ।

उनले सत्ता समीकरण निर्माणमा माओवादीलाई झुक्याएको बताए । उनका अनुसार माओवादीको नेतृत्वमा घोटाला र भ्रष्ट्राचार विरुद्धमा रहेको छ । माओवादीले भ्रष्ट्राचारको फाइल उठाउँदा अमुक व्यवसायीको घरमा सत्ता समीकरणको सहमति बनेको उनले बताए ।

क्यालेन्डर अनुसार संविधान संशोधन नहुने उनको भनाई छ । संविधानमा रहेको सकारात्मक विभेदलाई नियन्त्रण गर्न र प्राप्त अधिकार मास्न अहिलेको गठबन्धन बनेको उनले आरोप छ । सत्ता गठबन्धनको सरकार औचित्य पुष्टि हुन नसक्ने सांसद दुलालले बताए ।

‘बिहानीले दिनको झल्को दिन्छ । सुशासन र पद्धतिको सुरुवात हुनेछ । तर, आज नियुक्त गरेका मन्त्री शपथ नगरी सभा हलमा बसिरहनु भएको छ। कति जना मन्त्री हुने हो ?’ उनले भने, ‘बहुमत अङ्क गणितमा होइन । गणित स्थायित्व होइन । स्थायित्व विचार हो ।

अहिलेको गणितमा बनेको समीकरण र बहुमत माथि शङ्का छ । माओवादी विचारमा सशक्त छ । माओवादीको नेतृत्वमा देश र जनतालाई हानी हुने काम भएको छैन ।

सत्तापक्षमा नै राजनीतिक स्थायित्वका विषयमा बुझाइ फरक भएको देखिएको उनको भनाई छ । कांग्रेस ठुलो दलहरूको समीकरणलाई राजनीतिक स्थायित्व भनिरहेको र एमाले लोकतन्त्रको अभ्यास र सरकार र प्रतिपक्षमा हुनुलाई भनिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस