काठमाडौं। नेपाली कांग्रेसका सांसद एवं प्रतिनिधिसभाको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूतले कूटनीतिक मर्यादाविपरीतका अभिव्यक्ति दिएको आरोप लगाएका छन् । कूटनीतिक मर्यादाविपरीतका अभिव्यक्ति दिने राजदूतलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नु पर्ने उनले बताए ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा खतिवडाले चितवनको सिमलतालमा भएको बस दुर्घटनासम्बन्धी उद्धारको विषयलाई लिएर राजदूतले आपत्तिजनक अभिव्यक्तिहरू सामाजिक सञ्जाल (एक्स)मा लेखेको आरोप लगाएका हुन् ।
छिमेकी मित्रराष्ट्रका राजदूतले, आचारसंहिताविपरीत अभिव्यक्ति दिइरहेका छन् । बस नखोज, चुम्बक खोज भनेर टिप्पणी गरेका छन् । मानवीय संवेदनशीलता ख्याल गरेर बोलौँ, मर्यादाविपरीत अभिव्यक्ति दिनेलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधोस्,’ उनले भने ।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लले पनि चिनियाँ राजदूतका गैरकूटनीतिक अभिव्यक्तिलाई रोक लगाउनु पर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १५ : ११
लेखकबाट थप