यी नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, ०९ : ५६
यी नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने

काठमाडौँ । आज बिहानको मापन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, बाग्मती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार  मंगलबार दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ। 

साथै उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस