श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

एजेन्सी

आइतबार, १३ साउन २०८१, ०७ : ५२
श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

एजेन्सी । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत ४३ ले विजयी हुदै सिरिजमा विजयी शुरुवात गरेको हो । 

भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.२ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले सर्बाधिक ७९ रन बनाए भने कुसल मेन्डिसले ४५ तथा कुसल परेराले २० रन बनाएका थिए । 

त्यसैगरी भारतीय बलर रियान परागले ३ तथा अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने मोहमद सिराज र रवि विश्नोईले एक एक विकेट लिएका थिए । 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै २१७ रन बनाएको थियो ।  भारतका लागि कप्तान सूर्यकुमार यादवले सर्बाधिक ५८ रन बनाएका थिए भने ऋषव पन्तले ४९, यशस्वी जैसवालले ४०, शुभमन गिलले ३८ रन बनाएका थिए ।  त्यसैगरी श्रीलंकाका बलरमाथीसा पाथिरानाले सर्बाधिक ४ विकेट लिएका थिए । 

यो जितपछि भारतले सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आज हुदै छ । 

प्रतिक्रिया दिनुहोस