५८५ औं हप्तामा बागमती सफाइ महाअभियान

सफल खबर संवाददाता

शनिबार, १२ साउन २०८१, १५ : ०८
५८५ औं हप्तामा बागमती सफाइ महाअभियान

काठमाडौं। ​राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाइ महाअभियान ५८५ औं हप्तामा प्रवेश गरेको छ ।कोटेश्वरस्थित बागमती पहेँलो पुल नजिकैको बागमती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सफाइबाट आज उठाइएको फोहोर काठमाडौं महानगरपालिका वातावरण विभागको गाडीमा राखी व्यवस्थापन गरिएको छ ।सफाइमा स्थानीयवासीका साथ सफाइ अभियानकर्मीको सक्रियता थियो । अर्को हप्ताको सफाइ पनि कोटेश्वर महादेव मन्दिर नजिकैको पहेँलो पुल क्षेत्रमै गरिने सफाइ महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरू भएको सफाइ महाअभियान वर्षा, जाडो, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि नरोकिई निरन्तर जारी छ । बागमती सफाइ महाअभियान शुरू भएपछि यसका सहायक नदीमा पनि सफाइ थालिएको छ ।

काठमाडौं उपत्यकामा चक्रपथका उत्तर र पश्चिम भागमा पनि सफाइ भइरहेको छ ।काठमाडौं उपत्यका बाहिरका मुख्य नदी, शहरमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस