गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौंः कमल थापा

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, १६ : ०९
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौंः कमल थापा

भक्तपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता सम्पुर्ण रोग,भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औसधि हो भन्ने भाष्य गलत साबित भएको भन्दै अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी विकल्प खोज्ने बेला आएको बताएका छन्।

राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको राज्य ब्यबस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे । ब्यक्ती परिबर्तन गरेर समस्याको समाधान नहुने भन्दै थापाले बाटो परिबर्तन गर्नुपर्नेमा जोड दिए।

ड्राइभर फेरेर ,बस परिबर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिबर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेतिथी र बिकृतीको अन्त्य गर्न राप्रपा नेपालले अबलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गरे।

बेरोजगारी समस्या ,धर्मपरिबर्तन, आर्थिक मन्दी , भ्रष्टाचार लगायतका समस्या समाधान नगरी मुलुकले सहि गति लिन नसक्ने भन्दै थापाले बिदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएको समेत बताए। पार्टी संगठनलाई बलियो बनाउन जनताको माझमा जानू पर्ने भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए।

पार्टीको महाधिवेशनलाई समय सिमामा सक्न संरचना निर्माण, इकाइ कमिटी गठन पुनर्गठन कार्य गर्न समेत थापाले आग्रह गरे। प्रशिक्षण कार्यक्रममा डाक्टर बिष्णु भण्डारी र राजाराम बर्तौला ूचुनेलीू ले समेत प्रशिक्षण दिएका थिए।