काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सरकारबाट हटेपछि पहिलोपटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले बताए ।
साथै स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अबको ध्यान सरकारमा भन्दा पनि सङ्गठन निर्माणमा केन्द्रित रहने बताएका छन् । झन्डै १० वर्षपछि प्रमुख प्रतिपक्षमा पुगेको माओवादीले विगतको गम्भीर समीक्षा गर्दै पार्टी निर्माणमा क्रियाशील हुने गरी योजना बनाउने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको भू-राजनीतिक अवस्था थप जटिल बन्दै गइरहेको माओवादीको निष्कर्ष