टीआरसी सम्बन्धी कार्यदलको बैठक जारी

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, ११ : ४६
टीआरसी सम्बन्धी कार्यदलको बैठक जारी

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी छ । 

बैठक गृह मन्त्री रमेश लेखकको कार्यकक्षमा सुरु भएको हो । बैठकमा नेपाली काँग्रेसको तर्फबाट कार्यदलका सदस्य गृह मन्त्री लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।

विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदामा छलफल गरी आजको बैठकमा टुङ्ग्याइने तयारी छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।

यसअघि ८ गते बसेको बैठकमा विवादित विषयमा सहमतिनजिक पुगेको भन्दै सदस्यहरूले आज भोलि नै टुङ्ग्याएर शीर्ष नेतृत्वलाई बुझाइने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस