एक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, २० : ३३
एक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ । एक वर्षमा स्वीकृत भएको अधिकांश लगानी जलविद्युत आयोजनामा आएको छ ।

ह्वासिन सिमेन्टले लगानी वृद्धिका लागि स्वीकृति पाएको छ । लगानी बोर्डका अनुसार आव २०८०/८१ मा माथिल्लो कर्णालीमा १ खर्ब ६२ अर्ब, सुपर तमोरमा ३४ अर्ब ५९ करोड, रोल्वालिङ खोला जलविद्युत आयोजनामा ७ अर्ब ९३ करोड, छुजुङ खोजा जलविद्युतमा ९ अर्ब ३० करोड, दाना खोला जलविद्युतमा ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत आयोजनामा ९ अर्ब ४६ करोड, अपर मोदी एमा १० अर्ब ८ करोड लगानी स्वीकृत भएको बोर्डले जनाएको छ ।

यस वर्ष सौर्य ऊर्जामा २१ अर्ब १० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको बोर्डको भनाइ छ । बोर्डले बिहीबार आफ्नो वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस