काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बोर्डको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन् । त्यस्तै काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
साथै बैठकले प्रशासन तर्फका ५१ जना सहसचिवको सरुवा गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत
लगानी बोर्ड तत्काल खारेज गर्न माग
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
चार विद्युत् आयोजनामा १ खर्ब लगानी स्वीकृत