सिटिजन्स् बैंक र दूषित थानी हिमालयन रिसोर्टबिच समझदारी

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १४ : ००
सिटिजन्स् बैंक र दूषित थानी हिमालयन रिसोर्टबिच समझदारी

काठमाडौँ । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

प्रतिक्रिया दिनुहोस