लागु औषधसहित ७ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १२ : ४६
लागु औषधसहित ७ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम, मोबाइल २ थान, नगद १० हजार रुपैयाँ र २ थान एटिम कार्ड सहित कमल गाउँपालिका-४ सितापुरी बस्ने ४१ वर्षीय धन बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५३ प १२४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, कैलारी गाउँपालिका-७ हुलाकी राजमार्गबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय राजु चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ बागफाँटा दशरथ टोलबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, इनरूवा नगरपालिका-४ बिरेन्द्र टोलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४० मिलिग्राम, मोबाइल ४ थान, नगद १ लाख ५ सय रुपैयाँ सहित धनकुटा नगरपालिका-६ बस्ने ३० वर्षीय प्रितम राई समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इनरूवा नगरपालिका-४ बिरेन्द्र टोल बस्ने अशोक कुमार यादवको घरमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त लागु औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.१३ च २८५५ नम्बरको स्कार्पियो समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस