पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, २२ भदौ २०८१, १४ : २५
पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

पोखरा । पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिक पार्किङ गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यान बिहीबार राती करिब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको आधिखोला गाउपालिक वडा नं.६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोही गाउँपालिकाको वडा न ३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् । 

उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको छ । उनीहरूले भ्यानका मालिक चित्र बहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुर अपराधमा पाँच दिनको म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस