काठमाडौँ । बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो ।
यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बङ्गलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो । तर, बङ्गलादेशमा भएको हिंसात्मक आन्दोलनका कारण तत्काललाई रोकिएको हो ।
बङ्गलादेशले पठाएको पत्रमा अर्को बैठक कहिले बस्ने भन्ने बारे उल्लेख छैन । यद्यपि, देशको आन्तरिक मामिला सुल्झिएपछि बैठक गर्नेगरी प्रतिबद्धता आएको छ । नेपालसँग बिजुली किन्नका लागि बङ्गलादेशको मन्त्रीपरिषद् बैठकले निर्णय नै गरिसकेको छ ।
यस्तै आशयपत्र पनि आइसकेको छ । यसबाहेक बङ्गलादेशले नेपालबाट लैजाने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० सेन्ट हुन आउँछ । यो ८ रुपैयाँ हाराहारी हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द
प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
बङ्गलादेशमा जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा
बङ्गलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि, नयाँ सरकारलाई चुनौती
बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण