बङ्गलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि, नयाँ सरकारलाई चुनौती

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०८१, १४ : २७
बङ्गलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि, नयाँ सरकारलाई चुनौती

काठमाडौं। ढाका– बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी वृद्धिदर रहेको त्यहाँको तथ्याङ्क विभाग (बीबीएस)ले सोमवार जनाएको छ।

मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मूल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले  जनाएको छ  ।गत जुन महिनामा मूल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ ।बीबीएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो ।

यसैगरी जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।गैर–खाद्य पदार्थको मूल्यवृद्धि दर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८  प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मूल्यवृद्धि दर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्यभन्दा धेरै हो ।तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बङ्गलादेशको मूल्यवृद्धि दर ९.०२ प्रतिशत रहेको थियो ।

 

 

 

शेख हसिना अपदस्त भएपछि बङ्गलादेशमा यतिबेला नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । भारी मूल्यवृद्धिले नयाँ सरकारलाई चुनौती थपिएको विश्लेषण गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस