जुम्लामा ब्राउन सुगरसहित एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, ११ : ३५
जुम्लामा ब्राउन सुगरसहित एक जना पक्राउ

जुम्ला । जुम्लामा सुनचाँदी पसल भित्र लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका-४ मा रहेको एउटा सुनचाँदी पसलमा लागुऔषध भेटिएपछि प्रहरीले व्यापारीलाई पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

चन्दननाथ नगरपालिका-३ घर भई हाल जुम्ला सदरमुकाम खलङ्गा बजारमा सुन चाँदीको व्यवसाय गर्दै आएका ३० वर्षीय मिन बहादुर सुनारको पसलमा लागु औषध भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीले बताए ।

प्रहरीकाअनुसार सुन चाँदी पसल भित्र लुकाई छिपाई तिन पुरिया ब्राउन सुगर जस्तो देखिने लागु औषध राखिएको थियो । जसको तौल प्लास्टिक हटाई सुद्ध ८५० मिलि ग्राम रहेको छ । सुनचाँदी पसलमा भेटिएको लागु औषधसहित उक्त सुनचाँदि पसलका संचालक मिन बहादुर सुनारलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस