१७ निर्माण कम्पनीलाई खरिद अनुगमन कार्यालयले सोध्यो स्पष्टीकरण

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, ०७ : ५४
१७ निर्माण कम्पनीलाई खरिद अनुगमन कार्यालयले सोध्यो स्पष्टीकरण

काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न लेखी पठाएबमोजिम कार्यायले निर्माण कम्पनीसहरुलाई ७ दिने स्पष्टीकरण सोधेको हो । 

यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न सूचना पठाएकामा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएकाले खरिद नियमावलीअनुसार अन्तिम पटक ७ दिने स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।

सो अवधिमा पनि चित्तबुझ्दो जवाफ नदिएमा कार्यालयले कालोसूचीमा राखिएको सूचना निकाल्नेछ ।