राजश्व छली गर्ने दुई  जना पक्राउ

विहीबार, १८ असोज २०७५, ०९ : ००
राजश्व छली गर्ने दुई  जना पक्राउ

इनरुवा  । सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । 

को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फँुयालले जानकारी दिनुभयो । उक्त गाडीमा उमङ्ग, गोर्खा बियर, रुसलान भोट्कासहित १५ प्रकारका मदिरा थिए ।  (रासस) 

प्रतिक्रिया दिनुहोस