काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि घट्नास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक निरीक्षणपछि फर्किएका छन् ।
बुधबार सौर्य एयरलाइन्सको विमान पोखरा जान त्रिभुवन विमानस्थलबाट उड्ने क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली र गृहमन्त्री दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए। दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एक जना विमान चालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।
नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ।’,
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना, २५ जनाको जीवितै उद्धार
क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन : सौर्यका क्याप्टेन मनिष
जहाज दुर्घटना : ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने
दुर्घटनामा श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम