मेन्टेनेन्सका लागि पोखरा जाँदै थियो सौर्यको विमान, टेक्निसियन र चालक दलसहित १९ जना सवार

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १२ : ०२
मेन्टेनेन्सका लागि पोखरा जाँदै थियो सौर्यको विमान, टेक्निसियन र चालक दलसहित १९ जना सवार

काठमाडौं। सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।'मेन्टेनेन्स'का लागि पोखरा जाँदै गरेको विमान बुधबार विमान उडानका क्रममा दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका २ सदस्यसहित १९ जना एयरलाइन्सकै 'टेक्निसियन'हरू सवार रहेको सौर्य एयरलाइन्सका कर्मचारी उमेश आचार्यले  जानकारी दिए ।विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार पाइलट एमआर शाक्यलाई रेस्क्यू गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

अन्यलाई पनि रेस्क्युको प्रयास भइरहेको छ ।विमानमा आगो लागेकाले धुवाँको मुस्लो आकाशमा निकै माथिसम्म पुगेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस