त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, ११ : २२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं। काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिम देखिएका छन् । जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।

जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस