काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबिच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए ।
ओलीले दुई देशको भलिबल टोलीबिच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मकरुपमा लिँदै यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको सभा सिंहदरबारमा, सदस्यहरूको असन्तुष्टि
प्रधानमन्त्रीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख
जातीय छुवाछूत अन्त्यका लागि कानुनमा आवश्यक संशोधन गर्छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री ओली
व्यवस्था र अवस्था दुवै बदलियो : प्रधानमन्त्री ओली