३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०८१, १२ : २१
३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने पक्राउ

तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पीताम्बर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

नेपालीले ती महिलालाई आफ्नै घरमा लगी डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस