पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री भण्डारी पुगे अस्पताल

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, १४ : २७
पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री भण्डारी पुगे अस्पताल

काठमाडौं।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्यलाभको कामना गरेका छन् ।

बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए । उनका अनुसार चन्दको अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ ।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुगेका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका सुझाव लिन निवासमै आउने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस